PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

भूकम्पको चार वर्षपछि आजदेखि पुनः सञ्चालनमा आउँदै तातोपानी नाका



पहिलोपोस्ट

भूकम्पको चार वर्षपछि आजदेखि पुनः सञ्चालनमा आउँदै तातोपानी नाका
फाइल फोटो

काठमाडौँः विनाशकारी भूकम्पको चार वर्षपछि नेपाल चीन जोड्ने तातोपानी नाका आजदेखि औपचारिक रूपमा सञ्चालन आउँदैछ। दुई देशका उच्च अधिकारीहरूको उपस्थितिमा नाका पुनः सञ्चालनको घोषणा गरिँदैछ। तातोपानी नेपाल चीनको मुख्य व्यापारिक नाका हो। 

२०७२ वैशाख १२ गतेको भूकम्पबाट नाकाको मितेरी पुल पूर्ण रूपमा क्षति भएको थियो। आसपासका बस्ती पूर्ण रूपमा विस्थापित थिए। मितेरी पुल र बन्दरगाह पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आउन लागेको हो।

चीनबाट ऊन लोड गरेका चारवटा कन्टेनर नेपाल पठाएर औपचारिक रूपमा नाका सञ्चालनको घोषणा गर्न लागिएको हो।

विनाशकारी भूकम्पपछि नाका पुनः सञ्चालन गर्ने नेपालले तोकेता गरे पनि आवश्यक पूर्वाधार निर्माणमा भने ढिलाइ गरेको थियो। चीन पक्षका अधिकांश सडक र पूर्वाधार निर्माण सम्पन्न भए पनि नेपालको आन्तरिक तयारी भने सुस्त छ। चीनले सुरक्षाका कारण देखाउँदै पनि केही समय नाका सुचारुमा चासो राखेको थिएन।

तत्कालका लागि नाकाबाट ठूला मालवाहक सवारीसाधनले मात्र प्रवेश पाउनेछन्। तिनै सवारीले बन्दरगाहमा सामान ओसारपसार गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell