PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

विश्वकप क्रिकेट : अभ्यास खेलमा भारत र वेष्ट इन्डिजको शानदार जित



पहिलोपोस्ट

विश्वकप क्रिकेट : अभ्यास खेलमा भारत र वेष्ट इन्डिजको शानदार जित

१२औँ संस्करणको आइसीसी विश्वकप क्रिकेट भोलीदेखि सुरु हुँदैछ। त्यसकै लागि भएको अभ्यास खेलहमा भारत र वेष्ट इन्डिजले मंगलवार शानदार जित हात पारेका छन्।

भारतले छिमेकी बंगलादेशलाई ९५ रनले हराउँदा वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई ९१ रनले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुल र महेन्द्र सिंह धोनीको शतक मद्दतमा ३५९ रन बनाएको थियो। ३६० रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६४ रन मात्रब नाउन सक्यो।

भारतका लागि धोनीले ७८ बल खेल्दै ८ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ११३ रन बनाए। यस्तै राहुलले ९९ बल खेल्दै १२ चौका र ४ छक्काको मद्दतमा १०८ रन बनाए। कप्तान विराट कोहलीले ४७ रन जोडे।

बंगलादेशका लागि मुस्फिकर रहमिले ९० र लिटन दासले ७३ रन बनाए।

बलिङमा भारतका कुदलिप यादव र युजभेन्ट्र चाहलले ३-३ विकेट लिए।

उता साइ होपको शतक ताथ एभिन लेविस र आन्द्रे रसेलको अर्धशत मद्दतमा वेष्ट इन्डिजले न्यूजिल्याण्ड विरुद्ध टस हारेर ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर ४२१ रन बनाएको थियो। होपले ८६ बल खेल्दै ९ चौका र ४ छक्काको मद्दतमा १०१ रन बनाए। रसेलले २५ बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाए भने लेविसले ५० रन जोडे।

न्यूजिल्याण्डका लागि पहिलो एकदिवसीय खेल खेलिरहेका टम ब्लण्डेलले शतक बनाएपनि लक्ष्य सम्म पुग्न सकेन। ब्लण्डेलले ८९ बल खेल्दै ८ चौका र ५ छक्काको मद्दतमा १०६ रन बनाए। यस्तै कप्तान केन विलियमसनले ८५ रन बनाए।

बलिङमा न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ४ विकेट लिएका थिए।

यस्तै वेष्ट इन्डिजका कार्लोस ब्रेइथवेइटले ३ र फाबिलयन एलेनले २ विकेट लिए।

 यी दुई खेलपछि विश्वकपअघिको अभ्यास खेलहरु सकिएका छन्।

विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्ने १२औँ संस्करणको विश्वकपको उद्घाटन खेलमा भोली घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell