PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सुमन कुलुङले जिते एभरेष्ट म्याराथनको उपाधि



पहिलोपोस्ट

सुमन कुलुङले जिते एभरेष्ट म्याराथनको उपाधि

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०१९ को उपाधि सुमन कुलुङले जितेका छन्।

पहिलो पटक सगरमाथाको सफल आरोहण भएको दिन मे २९ को अवसर हरेक वर्ष हुँदै आएको यस म्याराथनको निर्धारित दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गर्दै सुमन च्याम्पियन बने।

२०१७ मा पनि उपाधि जितेका सुमन गत वर्ष दोस्रो भएका थिए।

यस्तै ३ घण्टा ५६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका कपिलदेव बुढा दोस्रो भए। रामकुमार राजभण्डारीले तेस्रो भए। उनले ३ घण्टा ५८ मिनेटमा निर्धारित दूरी पूरा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell