PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री कप क्रिकेट : हरिशंकर र कुमार थापाको उत्कृष्ट प्रदर्शनमा प्रदेश २ को पहिलो जित



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : हरिशंकर र कुमार थापाको उत्कृष्ट प्रदर्शनमा प्रदेश २ को पहिलो जित

काठमाडौँ : हरिशंकर शाहको अलराउण्ड प्रदर्श र कुमार थापाको उत्कृष्ट बलिङ मद्दतमा प्रदेश न्मबर २ ले प्रधानमन्त्री कप क्रिकेटमा पहिलो जित हात पारेको छ।

समूह बी अन्तर्गत बुधवार टीयू मैदानमा भएको खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

लगातार तेस्रो खेलमा हार बेहोरेको कर्णाली सेमिफाइनल होडबाट बाहिरिएको छ।

कर्णाली प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो। ओपनर हरिशंकर शाहले नटआउट ५५ रन बनाए। ६४ बल खेलेका उनले ७ चौका प्रहार गरे। यस्तै हासिम अन्सारीले १७ रन योगदान गरे भने रवि शाह १६ रनमा नटआउट रहे।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ३०.१ ओभरमा ९३ रनमै अलआउट भएको थियो। कर्णालीका लागि प्रकाश जैशीले ३७ र कप्तान रविन्द्र जंग शाहीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

प्रदेश २ का कुमार थापाले ३ तथा रसिद खान, सांसद शेख र हरिशंकर शाहले २-२ विकेट लिए।

२ विकेट लिनुका साथै नटआउट ५५ रन बनाएका हरिशंकर म्यान अफ दि म्याच घोषित भए।

प्रदेश २ ले दुई खेलबाट एक जित र एक हारको नजितपछि २ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell