PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

अभिनेत्री बिनिता बरालले गरिन् विवाह, ३ वर्षअघि यसरी सुरु भएको थियो सम्बन्ध   



पहिलोपोस्ट

अभिनेत्री बिनिता बरालले गरिन् विवाह, ३ वर्षअघि यसरी सुरु भएको थियो सम्बन्ध   

अभिनेत्री बिनिता बराल विवाह बन्धनमा बाधिएकी छिन्। अमेरिका बस्दै आएकी उनले प्रेमी तिलक पौडेलसँग विवाह गरेकी हुन्। तिलक पनि अमेरिकामै बस्छन्। तीन वर्षअघि सुरु भएको प्रेम सम्बन्धलाई यी दुईले सोमबार विवाहमा परिवर्तन गरेका हुन्। समारोहको तस्विरहरु भने उनले बुधबार मात्र सार्वजनिक गरिन्।

उनीहरुले अमेरिकाको वेस्ट भर्जेनियास्थित ‘न्यु बृन्दावन मन्दिरमा’ आफन्तको उपस्थितिबीच विवाह गरेका हुन्। 

माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत यी दुई नजिकिएका हुन्। बिनिताको उपन्यास 'जुईनो' विमोचन ताका तिलक र उनको कुराकानी सुरु भएको थियो। दुईजनाको सोच, लक्ष्य र भावना मिलेपछि दुईले प्रेम प्रस्तावभन्दा अघि परिवारसँग एकअर्काको कुरा गरे। दुबै पक्षको परिवारबाट विवाहको लागि स्वीकृती पाएपछि सम्बन्धमा बसे। 

उनीहरुले केही समयअघि इन्गेजमेन्ट गरेका थिए।

विनिताले विवाह र मेहेन्दी सेरोमनीका तस्विरहरु आफ्नो अफिसियल फेसबुक पेजमा सेयर गरेकी छन्। 

डेब्यु फिल्म ‘चपली हाइट’बाट चर्चामा आएकी बिनिताले पढाईका लागि फिल्मबाट ब्रेक लिएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell