PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

बजेट : वृद्धभत्तामा १ हजार थपियो, अब मासिक ३ हजार



पहिलोपोस्ट

बजेट : वृद्धभत्तामा १ हजार थपियो, अब मासिक ३ हजार

काठमाडौं : सरकारले वृद्धभत्तामा १ हजार रुपैयाँ थप गरेको छ।

आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्तामा वृद्धि गरेको हो। यसअघि दिइँदै आएको मासिक दुईहजारमा एक हजार बढाएर मासिक तीन हजार बनाइएको छ।

त्यस्तै एकल महिलाले पाउँदै आएको भत्तामा पनि वृद्धि गरिएको छ। यसअघि पाउँदै आएको १ हजारमा अर्को १ हजार थपेर एकल महिला भत्तालाई दुईहजार बनाइएको छ।

नेपकाले आफ्नो चुनावी घोषणापत्रमा ५ हजार रुपैयाँ वृद्धभत्ता पुर्‍याउने दावी गरेको थियो। गत वर्ष भत्ता नबढाएपछि चर्को आलोचना भएको थियो। त्यस्तै गत वर्षको बजेटमै व्यवस्था रहेको सत्तरी वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकको १ लाख सम्मको बिमाङ्क रकमको स्वास्थ्य बिमा रकमले सरकारले बेहोर्ने व्यवस्थालाई यथावत राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell