PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको २४ लाख प्रायोजन



पहिलोपोस्ट

भलिबललाई राष्ट्रिय वाणिज्य बैंकको २४ लाख प्रायोजन

काठमाडौँ : नेपाल भलिबल संघ एनभीएले आयोजना गर्ने एनभीए राष्ट्रिय क्लबल लिगको लागि एनभीएले राष्ट्रिय वाणिज्य बैँकसँग सम्झौता नविकरण गरेको छ।

यसअघि दुई वर्षको लागि बैंकले प्रतियोगिताको लागि २० लाखको प्रायोजन गरेको थियो।

उक्त सम्झौता सकिएपछि एनभीएले बैंकसँग दुई वर्षको सम्झौता थप गरेको हो।

बुधवार काठमाडौँमा भएको सम्झौता कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि बैंकले २०७६ र ७७ सालमा संघलाई कुल २४ लाख प्रदान गर्नेछ। बैंकले नविकरण सम्झदता अनुसार एक वर्षको लागि २ लाख वृद्धि गरेको हो।

एनभीएका महासचिव धेरै रकम बढ्ने आशा राखेपनि बैंकको सहयोगले नेपालको भलिबल विकासमा सहयोग पुग्ने बताए।

सम्झौतापछि आरबीबी-एनभीए क्लब लिगको नामबाट प्रतियोगिता हुनेछ। महासचिव चन्दले चाँडै नै प्रतियोगिताको मिति घोषणा गर्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell