PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

बजेट : तीनकुने जडीबुटीमा सुरुङ मार्ग र वानेश्वरमा अन्डर पास



पहिलोपोस्ट

बजेट : तीनकुने जडीबुटीमा सुरुङ मार्ग र वानेश्वरमा अन्डर पास

काठमाडौं : उपत्यकाको ट्राफिक जामलाई कम गर्न सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ। तीनकुने जडिबुटी र कोटेश्वर सुरुङ मार्ग निर्माण गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणबाट जानकारी दिए।

त्यस्तै नयाँ बानेश्वरमा अण्डरपासका लागि बजेट बिनियोजन गरिएको छ। सडकमा संकेत बत्ती राख्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ।

बजेटमा सार्वजनिक सवारीमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था गर्ने समेत उल्लेख छ। अर्थमन्त्री युवराज खतिवडाले सर्वासाधरणको सहजको लागि सार्वजनिक सवारी कार्ड व्यवस्था लागू गर्नेगरी काम भइरहेको जनाएका छन्। त्यस्तै, यात्रुलाई निर्धारित समयमा नै चढ्ने र ओराल्ने व्यवस्था समेत गरिने जानकारी दिए। सवारी अवस्था बुझ्न प्रत्येक सवारीमा जिपिएस जडान गर्नेसमेत बजेट वक्तव्यमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell