काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको दावी गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा आज तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मूख्य मन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका थिए।
प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तर्क्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताए।
एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत् एकै पटक छलफल गर्न, राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिने प्रमको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।