PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सडकलाई माटोरहित बनाउनेदेखि राजमार्गमा विमान धावनमार्गसम्म बजेट



पहिलोपोस्ट

सडकलाई माटोरहित बनाउनेदेखि राजमार्गमा विमान धावनमार्गसम्म बजेट

काठमाडौं : सरकारले काठमाडौंका सडकलाई धुँवा र माटोरहित बनाउने योजना घोषणा गरेको छ।

आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले काठमाडौं उपत्यकाका सडक किनाराहरुलाई माटोरहित बनाउने घोषणा गरेका हुन्। त्यस्तै, काठमाडौं प्रवेश गर्ने प्रवेश बिन्दुमा सवारी साधन सफा गर्ने स्वचालित यन्त्रको स्थापना गरी सवारी साधन सफा गरिने उल्लेख छ। धुलो र धुवाँबाट केही राहत पाउन उक्त कार्यले सहयोग गर्ने सरकारको अपेक्षा छ।

यस्तै, काठमाडौं लगायत शहरी क्षेत्रमा वायु प्रदुषण कम गर्न विद्युतीय बसहरुको प्रयोगलाई प्राथमिकता दिइने भएको छ। यस्तै सबै प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा समेत विद्युतीय गाडीहरुको प्रयोगलाई प्राथमिकता दिइने जनाइएकव छ। काठमाडौंमा पैदल मार्गको विकास गरी शहरी सौन्दर्य कायम गरिने बजेटमा उल्लेख छ।

नीति तथा कार्यक्रममा घोषणा भए झै बजेटमा राजमार्गको दायाँ बायाँ खुल्ला क्षेत्रको पहिचान गरी विमानका लागि धावन मार्गको निर्माण गर्ने समेत उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell