
काठमाडौं : अनियमिततापूर्वक आफन्तको नाम निकालेको भन्दै त्रिभुवन विश्वविद्यलय गेटसामु अखिल क्रान्तिकारी आवद्ध विद्यार्थीले अनशन थालेको १० दिन पूरा भएको छ। दशौं दिन हुरी र पानीले निथ्रुक्क पार्दा पनि उनीहरुले अनशनस्थल छाडेनन्।
त्रिवि सेवा आयोगमा आयोग पदाधिकारीले अनियमिततापूर्वक आफन्तलाई भर्ती गरेको भन्दै उनीहरु रिले अनशनमा उत्रिएका हुन्। दश दिन बितिसक्दा पनि विश्वविद्यालयले उनीहरुको माग सम्बोधन त टाढाको कुरा, वार्ताको पहलसमेत गरेको छैन। आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले त्रिवि सेवा आयोगले प्रकाशित गरेको नतिजा खारेज नगरेसम्म आन्दोलन नछाड्ने बताउँदै आएका छन्।