PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चेल्सीले जित्यो युरोपा लिग, आर्सनल ४-१ ले पराजित



पहिलोपोस्ट

चेल्सीले जित्यो युरोपा लिग, आर्सनल ४-१ ले पराजित

युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको उपाधि चेल्सीले जितेको छ। गएराति अजरवैजानको बाकुमा भएको लण्डन डर्बी फाइनलमा आर्सनललाई ४-१ ले पराजित गर्दै चेल्सी २०१८-१९ सिजनको च्याम्पियन बनेको हो।

बाकु स्टेडियममा चेल्सीका लागि एडेन हाजार्डले २ तथा ओलिभ जिरुड र पेड्रो रोड्रिगेजले १-१ गोल गरे। आर्सनलका लागि एलेक्स इओवीले एक गोल फर्काए।

प्रिमियर लिगमा यस सिजन शीर्ष चारमा अटाउन नसकेपछि च्याम्पियन्स लिगमा सिधै छनोट हुन नसकेको आर्सनलको लागि यस फाइनल जित्दै च्याम्पियन्स लिग पुग्ने मौका थियो। तर लण्डन डर्बीमा चेल्सी हावी हुँदा अर्को सिजन पनि आर्सनलले च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell