PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाँदै



पहिलोपोस्ट

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाँदै
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली आज भारत जाँदैछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन ओली भारत जान लागेका हुन्।

दिउँसो १:३५ मा ओली नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली प्रस्थान गर्ने बताइएको छ। शपथमा ओलीसहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुख र सरकार सहभागी हुनेछन्।

भारतीय समय अनुसार बेलुकी ७ बजे शपथ हुँदैछ।

त्यसपछि ओली भारतका राष्ट्रपति रामनाथ कोविन्दले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम छ।

ओली र मोदीबीच शुक्रबार द्विपक्षीय वार्ता हुने बताइएको छ। ओली शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell