PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दुई मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीलाई बिदाई, आजै मलेसिया जाँदै



पहिलोपोस्ट

दुई मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीलाई बिदाई, आजै मलेसिया जाँदै

काठमाडौं : एक साताको अवधीमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिहीवार बिदाई गरिएको छ।

नेपालले यही जुन २ (जेठ १९) मा मलेसिया र जुन ६ (जेठ २३) मा चाइनिज ताइपेईसँग खेल्दैछ। अखिल नेपाल फुटबल संघ एन्फाले विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाई गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले दुवै खेलमा राम्रो प्रदर्शन गर्न शुभकामना दिँदै टोलीलाई एन्फा कम्प्क्सबाट बिदाई गरे।

नेपाली टोली आज साँझ नै मलेसिया प्रस्थान गर्दैछ।

मुख्य प्रशिक्षक योहन कलिनले घोषणा गरेको नेपाली टोलीमा यस पटक अभिषेक रिजाल नयाँ अनुहारको रुपमा छन्। मुख्य फरवार्ड विमल घर्ती मगर र भरत खवास टोलीमा छैनन्।

यस पटक कलिनले पूर्ण रुपमा फिट खेलाडीलाई मात्र टिममा राखेको बताएका छन्।

बिदाईपछि कलिनले नेपालको लागि यो दुई मैत्रीपूर्ण खेल चुनौतीको रुपमा रहेको बताए। उनले मलेसिया वरीयतामा तल भएपनि चाइनिज ताइपेई नेपाल भन्दा अगाडि रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताए।

यस्तै कप्तान विराट महर्जनले आगामी सेप्टेम्वरमा हुने वर्ल्ड कप क्वालिफायरको लागि यो दुई खेलले महत्वपूर्ण अर्ध राख्ने त्यसैको तयारीका रुपमा खेल्न लागेको बताए।

नेपालले पहिलो पटक सिधै वर्ल्ड कप छनोटको लागि दोस्रो चरणमा खेल्दैछ। एसियाली वरीयतामा शीर्ष ३४ भित्र अटाएपछि नेपालले यस पटक पहिलो चरणको छनोट खेल्नु नपर्ने भएको हो।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाको शीर्ष ३४ भित्र पर्नु आफैमा चुनौतीपूर्ण काम रहेको र नेपालले अब आफू भन्दा बलियो टिमसँग खेल्न पाउने बताए। उनले त्यसैका लागि भनेर नेपालले यस पटक लामो समय देखि तयारी गरेको समेत बताए।

अध्यक्ष शेर्पाले गत वर्ष महिला फुटबलको लागि ऐतिहासिक रहेको र यस वर्ष पुरुष फुटबलको लागि ऐतिहासिक हुने बताए।

यस्तै मन्त्रायका सचिव कृष्ण देवकोटाले विश्वमा सानो देशले पनि फुटबलमा राम्रो गरेको उदाहरण दिँदै राज्यको लगानी र कमिटमेन्ट अनुसार खेलाडीको प्रदर्शन हुने बताए। उनले नेपालले दुवै मैत्रीपूर्ण खेल जितेर आउने विश्वास व्यक्त गरे।

 

नेपाली टिम :

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने

डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी,  रबि सिलवाल  

मिडफिल्डर/ फरवार्ड : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,  अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना,  नवयुग श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell