PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट बुढा खेलाडीको नाममा



पहिलोपोस्ट

विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट बुढा खेलाडीको नाममा

आइसीसी विश्वकप क्रिकेट २०१९ आजदेखि सुरु भएको छ। १२औँ संस्करणको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच लण्डनको ओभलमा खेल सुरु भएको छ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले सुरुवाती विकेट लिएको छ।

यस विश्वकपको पहिलो विकेट स्पिनर इमरान ताहिरको नाममा रह्यो। उनी यस विश्वकपको सबैभन्दा बुढा खेलाडी समेत हुन्। उनी ४० वर्ष ६४ दिन हुँदा विश्वकप खेलिरहेका छन्।

कप्तान फाप डु प्लसेसिसले सबैलाई आश्चर्यमा पार्दै पहिलो ओभर नै स्पिनर ताहिरलाई दिएका थिए। तर उनले कप्तानले निर्ण सहित सावित गर्दै पहिलो ओभरको दोस्रो बलमा इंग्ल्याण्डका जोनी बेयर्स्टोवलाई विकेटकिपर क्वेन्टेन डे ककबाट क्याचआउट आउट गराए। पहिलो ओभरमा उनले १ रन मात्र खर्चे।

ताहिर विश्वकपको इतिहासमा प्रतियोगिताकै पहिलो ओभर बलिङ गर्ने पहिलो स्पिनर समेत बनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell