PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

यी हुन् दुई देशबाट विश्वकप खेल्ने चार खेलाडी



पहिलोपोस्ट

यी हुन् दुई देशबाट विश्वकप खेल्ने चार खेलाडी

१२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट आजदेखि सुरु भएको छ।

विश्व क्रिकेटको सबैभन्दा ठूलो मेलाले अहिले सबैको ध्यान आयोजा दुई राष्ट्र इंग्ल्याण्ड र वेल्सतर तानेको छ।

विश्वकप उत्कृष्ट १० राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने यस विश्वकप कसले जित्ला भनेर चर्चा सुरु भइसकेको छ।

विश्वकपमा प्रतिनिधित्व गर्न पाउनु कुनै पनि क्रिकेट खेलाडीको लागि ठूलो विषय हुन्छ। अझ केही खेलाडीले त एक भन्दा बढी देशका लागि समेत विश्वकप खेलेका छन्।

भारतका सचिन तेन्दुलकर र पाकिस्तानका जाभेद मियादले सर्वाधिक ६ वटा विश्वकपमा सहभागिता जनाए।

तर ४ यस्ता खेलाडी छन् जसले एउटा मात्र नभएर दुई फरक राष्ट्रका लागि विश्वकप खेले।

त्यसमध्ये एक जना मात्र अहिले विश्वकप खेल्ने टिममा छन्।

 

केपलर वेसल (अष्ट्रेलिया र दक्षिण अफ्रिका)

सन् १९८३ मा अष्ट्रेर्लियाबाट विश्वकप खेलेका वेसल १९९२ मा दक्षिण अफ्रिकाको विश्वकप टिममा थिए।

 

एण्डरसन कमिङ्स (वेष्ट इन्डिज र क्यानडा)

बार्बाडोसमा जन्मिएका एण्डरसनले १९९२ को विश्वकप वेष्ट इन्डिजबाट खेलेका थिए। त्यसको १५ वर्षपछि २००७ मा उनी ४० वर्षको हुँदा विश्वकप खेल्ने क्यानडाको टिममा रहेका थिए।

 

इयान मोर्गन (आयरल्याण्ड र इंग्ल्याण्ड)

मोर्गनले २० वर्षको उमेर सन् २००७ मा आयरल्याण्डबाट खेल्दै विश्वकपमा डेब्यु गरेका थिए। उनले २०११ मा इंग्ल्याण्डका लागि खेले। पछिल्लो विश्वकपमा उनले इंग्ल्याण्डको कप्तानी गरेका थिए। यस पटक पनि घरेलु टोलीले उनकै कप्तानीमा खेलिरहेको छ।

 

एड जोएस (इंग्ल्याण्ड र र आयरल्याण्ड)

उता २००७ मा इंग्ल्याण्डका लागि खेलेमा एड जोएसले २०११ मा आयरल्याण्डका लागि खेले। २०१५ मा पनि उनी आइरिस टिममा थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell