PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रधानमन्त्री ओलीको दिल्लीमा अवतरण, मोदीको सपथमा हुँदै सहभागी



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको दिल्लीमा अवतरण, मोदीको सपथमा हुँदै सहभागी
फोटो : भारतीय विदेश मन्त्रालय

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली पुगेका हुन्।

ओलीलाई भारतको विदेश मन्त्रालयका अधिकारी र नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले स्वागत गरेका थिए।

शपथमा ओलीसहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुख र सरकार सहभागी हुनेछन्। समारोहमा सहभागी हुन बिमस्टेक राष्ट्रहरुबाट बंगलादेशका राष्ट्रपति अबदुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना,म्यान्मारका राष्ट्रपति उ विन मिन्थ र भुटानका प्रधानमन्त्री लोटे छिरिङ पनि नयाँ दिल्ली पुगिसकेका छन्। थाइल्यान्डबाट विशेष प्रतिनिधिका रुपमा ग्रीसादा ब्रोराच, क्रिर्गिस्तानका राष्ट्रपति सोरोनबे जिनबेकोभ र मोरिसियसका प्रधानमन्त्री प्रभिन्ड कुमार जुगनाउथ पनि नयाँ दिल्ली पुगेका छन्।।

भारतीय समय अनुसार बेलुकी ७ बजे शपथ हुँदैछ। त्यसपछि ओली भारतका राष्ट्रपति रामनाथ कोविन्दले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम छ।

ओली र मोदीबीच शुक्रबार द्विपक्षीय वार्ता हुने बताइएको छ। ओली शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell