PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

जापान सरकारद्वारा एन्फालाई शौचालय र प्राविधिक कोठा हस्तान्तरण



पहिलोपोस्ट

जापान सरकारद्वारा एन्फालाई शौचालय र प्राविधिक कोठा हस्तान्तरण

काठमाडौं : जापान सरकारले एन्फा कम्प्लेक्स परिसरमा निर्माण गरेको सार्वजनिक शौचालयलगायत भौतिक संरचना अखिल नेपाल फुटबल संघ (एन्फा) लाई हस्तान्तरण गरेको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासामिची साइगोले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हस्तान्तरण गरेका हुन्।

जापान सरकारको सहयोगमा एन्फाले कम्प्लेक्स परिसरमा अपाङ्गमैत्री शौचालय, खेलाडीको ड्रेसिङ रुम, लकर रुम, टेक्निकल रुम लगायत संरचना निर्माण गरेको थियो।

जापान सरकारले ग्रान्ट एसिस्ट्यान्ट फर कल्चरल ग्रासरुट प्रोजेक्ट अन्तर्गत एन्फालाई करिब ७४ लाख नेपाली रकम बराबरको सहयोग गरेको छ।

नेपालका लागि जापानका राजदुत मासामिची साइगोले शौचालय र टेक्निकल रुमको उद्घाटन गर्दै एन्फालाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell