PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

प्रदेश ५ र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण रद्द



पहिलोपोस्ट

प्रदेश ५ र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशबीचको खेल वर्षाका कारण रद्द भएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा दोस्रो इनिङ्समा वर्षा भएपछि खेल रोकिएको थियो र त्यसपछि पुन: सुरु हुन नसक्दा दुवै टोलीले १-१ अंकमा चित्त बुझाएका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनाएको थियो।

सुदूरपश्चिमले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाउँदा वर्षा भएको थियो।

खेल रद्द भएपछि समूह बी मा दुवै टोलीले अंक बाँड्दै अंकको खाता खोलेका छन्। यसअघि दुवैले पहिलो खेल हारेका थिए।

अंक बाँडेपछि दुवै टोलीलाई घाटा लागेको छ र सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। यस समूहमा ३ खेल जित्दै ६ अंक जोडेको त्रिभुवन आर्मीले लगभग सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।

यस्तै २ खेलबाट ४ अंक जोडेको नेपाल पुलिस दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell