PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

यू-२० विश्वकप फुटबलमा नयाँ कीर्तिमान, नर्वेका हलान्डले गरे एकै खेलमा तेहोरो ह्याट्रिक



पहिलोपोस्ट

यू-२० विश्वकप फुटबलमा नयाँ कीर्तिमान, नर्वेका हलान्डले गरे एकै खेलमा तेहोरो ह्याट्रिक

पोल्याण्डमा भइरहेको फिफा यू-२० विश्वकप फुटबलमा नर्वे र एर्लिङ हलान्डले नयाँ कीर्तिमान बनाएका छन्।

समूह सी अन्तर्गत गएराति भएको खेलमा नर्वेले होण्डुरोसलाई १२-० को फराकिलो अन्तरले पराजित गर्दा हलान्ड एक्लैले ९ गोल गरे।

हलान्ड विश्वकपको एकै खेलमा तेहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।

यसअघि सन् १९९७ को यू-२० विश्वकपमा ब्राजिलका एडाइल्टनले ६ गोल गर्दै एकै खेलमा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए।

पोल्याण्डको लब्लिन स्टेडियममा खेलको ७७औँ मिनेटमा हलान्डले व्यक्तिगत सातौँ गोल गरेपछि ब्राजिलयन खेलाडीको कीर्तिमान तोडिएको हो।

हलान्डले खेलको सातौँ, २०औँ, ३६औँ, ४३औँ, ५०औँ , ६७औँ, ८०औँ र ९०औँ मिनेटमा गोल गर्दै तेहोरो ह्याट्रिक पूरा गरे।

यस खेलमा एकै खेलमा एक खेलाडीले धेरै गोल गर्नेसँगै फराकिलो अन्तरको जितको कीर्तिमान समेत बनेको छ।

समूहमा अघिल्ला दुई खेलमा पराजित भएको नर्वेले पहिलो जित हात पारेको हो। अब समूहमा तेस्रो हुनेमध्येबाट उत्कृष्ट भएर अघिल्लो चरणमा प्रवेश गर्न नर्वेले बाँकी खेलको नतिजा कुर्नुपर्नेछ।

२४ राष्ट्र सहभागी यस विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली सिधै प्रिक्वाटरफाइनल पुग्नेछन्। ६ वटै समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ मा पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell