PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

इटली फर्किए एन्टोनिओ कोन्टे, इन्टरको प्रशिक्षक नियुक्त



पहिलोपोस्ट

इटली फर्किए एन्टोनिओ कोन्टे, इन्टरको प्रशिक्षक नियुक्त

प्रशिक्षक एन्टोनिओ कोन्टेले फेरी इटालियन क्लबको प्रशिक्षण सम्हालेका छन्। प्रिमियर लिग क्लब चेल्सीको पूर्व म्यानेजर रहेका कोन्टे इन्टर मिलानको प्रशिक्षक नियुक्त भएका हुन्।

उनले यसअघि इटलीमा एटलान्टा र युभेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन्। सन् २०११ देखि २०१३ सम्म उनकै प्रशिक्षणमा युभेन्ट्सले लगातार तीन पटक सिरी ए को उपाधि जितेको थियो।

सन् २०१६ को युरोमा इटलीको प्रशिक्षक रहेका कोन्टे त्यसपछि चेल्सीको प्रशिक्षक बन्दै लण्डन पुगेका थिए। जहाँ उनले एक प्रिमियर लिग र एक एफए कप उपाधि जिते।

सन् २०१६ अप्रलिमा चेल्सी पगेका कोन्टे २०१८ जुलाईमा बर्खास्तीमा परेका थिए। त्यसयता भने उनी कामविहिन बनेका थिए।

इन्टरले कोन्टेलाई अनुबन्ध गर्नुअघि लुसआनो स्पालेट्टीलाई बर्खास्त गरेको थियो। स्पालेट्टीको समझौता २०२१ सम्म भएपनि इन्टरले उनलाई निरन्तरता दिएन। उनको प्रशिक्षणमा इन्टलर यस सिजन लिग चौथो स्थानमा सकाएको थियो भने च्याम्पियन्स लिगमा समूह चरणबाटै बाहिरिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell