PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी मुठभेड, दुई जनाको मृत्यु



पहिलोपोस्ट

भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी मुठभेड, दुई जनाको मृत्यु
फोटो:ANI

भारतको जम्मू कश्मिरको सोपियन जिल्लामा सुरक्षाकर्मी र आतंकवादीहरुबीच मुठभेड हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवैजना आतंकवादी संगठनका लडाकु भएको एएनआइले जनाएको छ।

 

सुरक्षाकर्मीले गत सातादेखि नै जम्मू कश्मिरका विभिन्न शहरहरुमा आतंकवादीहरु लुकेको आशंकामा 'सर्च अपरेसन' संचालन गर्दै आएको थियो। आतंकीहरु अझै लुकेको हुनसक्ने भन्दै जम्मू कश्मिरमा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

स्थानीय प्रशासनले स्थानीयहरुलाई सचेत रहन र केही सूचना भए सुरक्षाकर्मीलाई दिन आग्रह गरेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell