PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

फ्राइडे रिलिज : तीन नेपाली फिल्मको भिडन्त



पहिलोपोस्ट

फ्राइडे रिलिज : तीन नेपाली फिल्मको भिडन्त

काठमाडौं : आज शुक्रबार दीपक ओली निर्देशित ‘कुम्भकरण’, साम्राट सापकोटा निर्देशित ‘कप्स’ र मदन घिमिरेको ‘काउसो’ एकसाथ प्रदर्शन हुँदैछ।

आकाश पल इन्टर्टेनमेन्टको ब्यानरमा निर्माण भएको कुम्भकरणमा निशा अधिकारी शिक्षिका र गौरव पहाडी शिक्षकका रुपमा देखिएका छन्। चलचित्रमा भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री र सुधव थापाको अभिनय छ।

दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिरप्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन्।

प्रहरीको भूमिकामा अनुप विक्रम शाहीको लिड रोल छ ‘कप्स’ मा। साम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले इमान्दार प्रहरीको कथालाई प्रस्तुत गरेको छ। चलचित्रमा अनुपको जोडीको रुपमा सन्दीपा लिम्बु देख्न पाइनेछ। आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अष्ट महर्जनको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन छ।

चलचित्र काउसो हाँस्य विधामा बनेको मनोरञ्जनपूर्ण चलचित्र हो। यस चलचित्रमा सविन श्रेष्ठ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नविन आचार्य, सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली, असिम तिमल्सिनासहितको मूख्य भूमिका छ। चलचित्रमा संगीत विकास चौधरीको, द्वन्द्व निर्देशन शंकर महर्जनको, नृत्यमा विक्रम स्वाँरको, छायांकन रामेश्वर हुमागाईंको, सम्पादन नवीन निरौलाको र प्रोडक्सन डिजाइनर सूर्य बुढाथोकीको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell