PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा उमेश पटवाल



पहिलोपोस्ट

नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा उमेश पटवाल

काठमाडौं : पुबुदु दासानायकेले छाडेको तीन वर्षभन्दा बढी समयपछि नेपालको राष्ट्रिय क्रिकेट टिमले अर्को विदेशी प्रशिक्षक पाउने भएको छ।

यसअघि नेपालको क्रिकेट टिमसँग काम गरिसकेका भारतका उमेश पटवाल नेपालको प्रशिक्षक बन्ने भएका हुन्।

हाल जगत टमाटा नेपालको प्रशिक्षकका रुपमा छन्। अब उनको स्थान पटवालले लिनेछन्।

उमेश पटवालसँग अहिले एक वर्षको लागि सम्झौता हुने राखेपका सदस्यसचिव केशव कुमार विष्टले जानकारी दिए।

पटवाल यसअघि गत वर्ष नामिबियामा भएको डिभिजन टूमा नेपाली टोलीको ब्याटिङ कन्सलट्यान्टका रुपमा रहेका थिए। यस्तै नेपालले युएई विरुद्ध एकदिवसीय र टी २० सिरिज जित्दा पनि नेपालको ब्याटिङ कन्सलट्यान्टको रुपमा काम गरेका थिए।

पटवालसँग आजै राखेपले मुख्य प्रशिक्षकको रुपमा सम्झौता गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell