PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दीपेन्द्रसिंह ऐरी क्रिकेटिङ नेपालको ब्राण्ड एम्बेसेडर नियुक्त



पहिलोपोस्ट

दीपेन्द्रसिंह ऐरी क्रिकेटिङ नेपालको ब्राण्ड एम्बेसेडर नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दीपेन्द्र सिँह ऐरी क्रिकेटिङनेपालडटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन्।

शुक्रबार दीपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो। दीपेन्द्र क्रिकेटिङनेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन्। यस क्रममा दीपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन्।

सन् २०१७ मा कीर्तिपुरमा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट डेब्यु गरेपछि दीपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन्। उनी ट्वान्टी ट्वान्टीमा पनि नेपालका लागि प्रमुख खेलाडी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell