PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रधामन्त्री कप क्रिकेट : सिद्धान्त लोहनीको अर्धशतक र पुष्प थापाको ६ विकेटमा प्रदेश १ को पहिलो जित

प्रधामन्त्री कप क्रिकेट : सिद्धान्त लोहनीको अर्धशतक र पुष्प थापाको ६ विकेटमा प्रदेश १ को पहिलो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : कप्तान पुष्प थापाले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ।

शुक्रवार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले सिद्धान्त लोहनीको अर्धशतक र फिर्दोस अन्सारीको ४५ रन मदद्तमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर २२८ रन बनाएको थियो।

प्रदेश १ का लागि सिद्धान्तले ९० बल खेल्दै ७ चौकाको मद्दतमा ६३ रन बनाएका थिए। उनी ४१औँ ओभरमा चोटका कारण रिटायर हर्ट भएका थिए।

कर्णालीका प्रकाश जैशी, ललित प्याकुरेल र दिवन पुनले २-२ विकेट लिए।

जवाफमा कर्णाली प्रदेश २०.१ ओभरमा ४७ रनमै अलआउट भयो। कर्णाली प्रदेशका लागि निशान रावलले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंङ्क छुन सकेनन्।

प्रदेश १ का कप्तान पुष्पले ९.१ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ६ विकेट लिए। यस्तै मुकुन्द यादवले ३ विकेट लिए।

पहिलो जितपछि ३ खेलबाट २ अंङ्क जोडेको प्रदेश १ ले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।

उता समूह बी मा कर्णाली खेलेका सबै चारवटै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell