PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री कप क्रिकेट : लगातार तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : लगातार तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा

काठमाडौँ : विभागीय टोली एपीएफ तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

शरद भेषाकरको अलराउण्ड प्रदर्शन मद्दतमा एपीएफले शुक्रवार भएको समूह ए को खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो।

एनीएफले १२६ रनको लक्ष्य २३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

एपीएफका लागि ओपनर भेषाकरले ५४ बल खेल्दै ४ चौकाको मद्दमा नटआउट ३५ रन बनाए। यस्तै प्रदिप ऐरीले ३३ र आसिफ शेखले २० रन योगदान गरे। गण्डकीका दिपेश श्रेष्ठले ३ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४१.२ ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो। गण्डकीका लागि दिपेश रेष्ठले सर्वाधिक २७ रन बनाए।

गण्डकीलाई अलआउट गर्न भुवन कार्कीले ९ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए। यज्ञमान कुमाल, अमर सिंह राउटेला र शरद भेषावकरले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell