PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विश्वकप क्रिकेट : पाकिस्तान १०५ रनमा अलआउट, वेष्ट इन्डिजको सहज जित



पहिलोपोस्ट

विश्वकप क्रिकेट : पाकिस्तान १०५ रनमा अलआउट, वेष्ट इन्डिजको सहज जित

आइसीसी विश्वक क्रिकेट २०१९ अन्तर्गत शुक्रवार भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले सहजै पराजित गरेको छ।

उत्कृष्ट बलिङ गर्दै पाकिस्तानलाई १०५ रनमा अलआउट गरेको वेष्ट इन्डिजले क्रिस गेलको अर्धशतक मद्दतमा १३.२ ओभर खेल्दै ३ विकेट गुमाएर १०८ रन बनाउदै लक्ष्य पूरा गरेको हो।

ओपनर गेलले ३४ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। निकोलस पुरनले १९ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा नटबउट ३५ रन योगदान गरे। अर्का ओपनर शाही होप ११ रन बनाएर बउट भए भने डारेन ब्राभोले खाता खोल्न सकेनन्।

पाकिस्तानका लागि सबै ३ विकेट मोहम्मद आमिरले लिए। उनले ६ ओभरमा २६ रन खर्चे।

नटिङहमस्थित ट्रेन्ट ब्रिजमा वेष्ट इन्डिजले टस जित्दै पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। कप्तान ज्यासन होल्डरको उक्त निर्णयलाई बलरहरुले सहि सावित गर्दा पाकिस्तान २१.४ ओभरमा १०५ रनमै अलआउट भयो। वेष्ट इन्डिजका ओसाने थोमसले सर्वाधिक ४ विकेट लिए भने कप्तान ज्यासन होल्डरले ३ र आन्द्रे रसेलले २ विकेट लिए।

वेष्ट इन्डिजका फकर जमन र बाबर अजामले २२-२२ रन बनाए। यस्तै वाहव रियाजले १८ र मोहम्म हाफिजले १६ रन बनाउदा बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

वेष्ट इन्डिजका लागि थोमसले ५.४ ओभर बलिङ गर्द २७ रन खर्चेर ४ विकेट लिए। किफायती बलिङ गरेका रसेलले ३ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर २ विकेट लिए। कप्तान होल्डरले ५ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए। सेल्डन कट्रेलले १ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell