PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने



पहिलोपोस्ट

शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने

काठमाडौं : यह वर्षको शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको शुक्रवार बसेको कार्यसमिति बैठकले ए डिभिजन लिग मंसिर  १२ गतेदेखि  आयोजना गर्ने निर्णय गरेको हो।

एन्फाले गत वर्ष रेलिगेसन नहुने लिग आयोजना गरेको थियो।

यस्तै एन्फाले १० टिमको राष्ट्रिय लिग आयोजना गर्ने भएको छ। जसमा ए डिभिजन लिगको उत्कृष्ट ६ टिम र एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रेसिडेन्ट लिग सात प्रदेशका उत्कृष्ट टिमहरुबीच गर्ने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell