PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रधानमन्त्री स्वदेश फिर्ताः मोदी र राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्ता



पहिलोपोस्ट

प्रधानमन्त्री स्वदेश फिर्ताः मोदी र राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओलीले यसबीच भारतको राजधानी नयाँ दिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे। हैदरावाद हाउसमा भएको भेटमा दुई देशबीच यस अघि भएका सम्झौताहरुको कार्यान्वयन तथा पछिल्ला सहमति र प्रतिवद्धता अनुसार सम्बन्धलाई नयाँ उचाइमा पुराउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले भेटमा मोदीलाई निर्वाचन मार्फत् पुन: प्रधानमन्त्रीमा निर्वाचित भएकोमा नेपाल र नेपालीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका थिए। त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको बधाई सन्देश पनि प्रधानमन्त्री ओलीले मोदीलाई सुनाएका थिए।

भेटमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्। मोदीले निम्तोलाई स्वीकार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदानलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति कोविन्दलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन्। राष्ट्रपति भण्डारीको तर्फबाट भारतीय राट्रपति रामनाथ कोविन्दलाई नेपालको राजकीय भ्रमणको निम्तो दिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell