परिश्रम अनि थकाइ सधैं जोडिएकै हुन्छन्। गर्जो टार्न परिश्रम नभइ सार छैन। अनि परिश्रमले नै दिन्छ निन्द्रा। निदाउन नरम विछ्यौना र तकिया पनि चाहियो भन्दैन, थकाइले सबै समेट्छ। सडकमा संघर्ष गर्दै छाक जोड्नेहरुको मस्त निन्द्रलाई रोजन श्रेष्ठले आफ्नो लेन्समा यसरी कैद गरेका छन् -