PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विश्वकप क्रिकेटमा आज दुई खेल हुने



पहिलोपोस्ट

विश्वकप क्रिकेटमा आज दुई खेल हुने

१२औँ संस्करणको आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज दुई खेल हुँदैछ। इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा भइरहेको विश्वकप अन्तर्गत आज श्रीलंका र न्यूजिल्याण्ड तथा अष्ट्रेलिया र अफगानिस्तान बीच खेल हुनेछ।

गत संस्करणको उपविजेता न्यूजिल्याण्डले श्रीलंकासँग वेल्सको कार्डिफमा खेल्नेछ। यो खेल नेपाली समयअनुसार दिँसो ३:१५ मा सुरु हुनेछ।

यस्तै साविक विजेता अष्ट्रेलियाले अफगानिस्तानसँग इंग्ल्याण्डको ब्रिस्टोलमा खेल्नेछ। यो खेल बेलुका ६:१५ मा सुरु हुनेछ।

यसअघि भएको खेलमा घरेलु टोली इंग्ल्याण्ड र वेष्ट इन्डिजले विजयी सुरुवात गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell