PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको विजयी सुरुवात



पहिलोपोस्ट

महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको विजयी सुरुवात

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन पीडीसीएनको आयोजनामा आजबाट सुरु भएको क्वीकुस महिला बास्केटबल लिगमा समृद्धि गोरिल्लाज विजयी सुरुवात गरेको छ।

राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदिना श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा गोरिल्लाजले विभागीय टोली नेपाल पुलिसलाई ४९-४६ ले पराजित गर्‍यो।

टाइम्स इन्टरनेशनल कलेज, चारखालको बास्केटबल कोर्टमा भएको खेलमा पुलिसले पहिलो क्वाटर ६-५ र दोस्रो क्वाटर १८-१२ ले आफ्नो पक्षमा पार्दै २४-१७ को अग्रता बनाएको थियो।

तर त्यसपछि पुलिसले लय कायम राख्न सकेन भने गोरिल्लाजले पुनरागमन गर्दै बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्‍यो। तेस्रो क्वाटर गोरिल्लाज १४-११ ले आफ्नो पक्षमा पारेपछि खेल ३५-३१ को अवस्थान पुग्यो। अन्तिम क्वाटरमा १८-११ को अग्रता बनाएपछि खेल गोरिल्लाजले ४९-४६ ले जितेको हो।

सदिनाले ७ रिबाउण्ड सहित १८ अंक स्कोर गरिन्।

नेपालको बास्केटबल इतिहासमा पहिलो पटक महिला लि आयोजना भएको हो। लिगमा यी दुई टोलीसँगै साइपाल एकेडेमी र आइएसओ काइट्स गरी कूल चार टोलीको सहभागिता रहेको छ।

पीडीसीएनले लगातार दोस्रो वर्ष पुरुषको नेपाल बास्केटबल लिग समेत बयोजना गरिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell