PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बारामा भेटियो हजारका नक्कली नेपाली नोट



पहिलोपोस्ट

बारामा भेटियो हजारका नक्कली नेपाली नोट

काठमाडौः प्रहरीले नक्कली नोटसहित एक जनलाई पक्राउ गरेको छ। गत बिहिवार बेलुका अस्थाई प्रहरी पोष्ट झुरझुरेबाट खटिएको टोलीले रौतहट मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनिया टोल बस्ने शिवदयाल महतोलाई नियन्त्रणमा लिएको हो।

निजगढ तर्फबाट महतो चढेर आइरहेको ना ९ प ५४५२ नम्बरको मोटरसाइकल चेक गर्दा नक्कली नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रन्जित सिंह राठौरले जानकारी दिए।

महतोको साथबाट प्रहरीले एक हजार दरको १० थान नक्कली नोट फेला परेको थियो। प्रहरीले खोटा चलन मुद्दामा अदालतबाट दिन ५ को म्याद लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रहरीले केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले दुई हजार दरका नोट ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell