PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

विश्वकप क्रिकेट : श्रीलंका १३६ रनमा अलआउट, न्यूजिल्याण्ड १० विकेटले विजयी



पहिलोपोस्ट

विश्वकप क्रिकेट : श्रीलंका १३६ रनमा अलआउट, न्यूजिल्याण्ड १० विकेटले विजयी

आइसीसी विश्वकप क्रिकेटमा २०१९ मा अप्रत्यासित नतिजा आउने क्रम जारी छ। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औँ संस्करणको तेस्रो खेलमा शनिवार न्यूजिल्याण्डले श्रीलंकामाथि १० विकेटको जित हात पारेको छ। शुक्रवार पाकिस्तानलाई १०५ रनमा अलआउट गर्दै वेष्ट इन्डिजले खेल ७ विकेटले जितेको थियो।

म्याट हेनरी र लकी फर्गुसनको ३-३ विकेट अनी मार्टिन गप्टिल र कलिन मनरोको अर्धशतक मद्दतमा न्यूजिल्याण्डले श्रीलंकामाथि सहज जित हात पार्‍यो। कार्डिफमा भएको खेलमा श्रीलंकाले दिएको १३७ रनको सामान्य लक्ष्य न्जूजिल्याण्डले १६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो।

किवी टोलीको सहज जितमा गप्टिल र मनरोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे।

गप्टिलले ५१ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा नटआउट ७३ रन बनाए। यस्तै मनरोले ४७ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५८ नटआउट ५८ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका २९.२ ओभरमा १३६ रनमा अलआउट भएको थियो। कप्तान दिमुथ करुणारत्नेले अर्धक प्रहार गरेपनि अन्य खेलाडीले राम्रो साथ नदिदाँ श्रीलंकाले पूरा ओभर ब्याटिङ गर्न सकेन। ओपनर करुणारत्नेले नटआउट ५२ रन बनाए। यस्तै कुशल पेलाले २९ र थिसारा परेराले २७ रन बनाए। बाँकी ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकालाई अलआउट गर्न न्यूजिल्याण्डका म्याट हेनरी र लकी फर्गुसनले ३-३ विकेट लिए। हेनरीले ७ ओभरमा २९ रन खर्चँदा फर्गुनले ६.२ ओभर बलिङ गर्दा २२ रन खर्चिए।

यस्तै ट्रेन्ट बोल्ट,कोलिन डे ग्राण्डहोम, जेम्स निसम र मिचेल सान्टनरले १-१ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell