PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नेपाल बास्केटबल लिग : आर्मीको १२औँ जित



पहिलोपोस्ट

नेपाल बास्केटबल लिग : आर्मीको १२औँ जित

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीले नेपाल बास्केटबल लिगमा १२औँ जित हात पारेको छ। शनिवार भएको खेलमा आर्मीले रोएल बास्केटबल क्लबलाई ९७-८५ ले पराजित गरेको हो।

८ टोली सहभागि प्रतियोगिताको लिग चरणमा १३ खेल खेलेको आर्मी १२ जितपछि २५ अंकसहित दोस्रो स्थानमा छ।

उता लिगमा सबै १४ खेल खेलिसकेको टाइम्स इन्टरनेशनल क्लब २६ अंकसहित शीर्ष स्थानमा छ। टाइम्स र आर्मीले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ। आर्मीले अब लिगमा एएनके कीर्तिपुर बास्केटबल क्लबसँग खेल्न बाँकी छ।

रोएलको बास्केटबल कोर्टमा भएको खेलको पहिलो क्वाटरमा रोएलले ३०-२५ को अग्रता लिएको थियो। दोस्रो क्वाटरमा आर्मीले २२-१७ को अग्रता बनाउदै स्कोर ४७-४७ को स्थितीमा पुर्‍यायो। तेस्रो क्वाटर आर्मीले २८-१६ ले आफ्नो पक्षमा पार्दै १२ अंकको अग्रता लिन सफल भयो। चौथो तथा अन्तिम क्वाटरमा दुवैले २२ स्कोर गरेपछि आर्मी ९७-८५ ले विजयी भएको हो।

आर्मीको जितमा ३३ स्कोर गरेका रोविन खत्री खेलको म्यान अफ दि म्याच घवषित भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell