PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

युरोपियन च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई



पहिलोपोस्ट

युरोपियन च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

लिभरपुलले युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति स्पेनको मड्रिडमा भएको अल इंग्लस फाइनलमा टोटनहमलाई २-० ले पराजित गर्दै लिभरपुल च्याम्पियन भएको छ।

लिभरपुलले १४ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो। समग्रमा उसको यो छैटौँ च्याम्पियन्स लिग उपाधि हो।

वान्डा मेट्रो पोलिटानोमा भएको खेलको दोस्रो मिनेटमा पेनाल्टी पाएपछि लिभरपुलले सुरुमै अग्रता बनाएको थियो। मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। पेनाल्टी बक्समा माउसा सिसोकोले बल ह्याण्ड गरेको भन्दै लिभरपुललाई पेनाल्टी दिइएको थियो। तर टोटनहमका खेलाडीले भने त्यसको विरोध गरेका थिए।

८७औँ मिनेटमा वैकल्पिक खेलाडी डिभोक ओरिगीले जोएल मातिपको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell