PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

रोल्पामा पहिरोले पुरिएर महिलाको मृत्यु



पहिलोपोस्ट

रोल्पाः रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्‍याएको छ। शनिबार दिउँसो ४ बजेदेखि करिब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो।

अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ। ४ः३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए। उनका परिवार भने सकुशल रहेको बताइएको छ।

माझीसँगै उनको घरसमेत पहिरोमा पुरिएको छ। पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ भने दुई निजी मोटरसाइकलसमेत पुरिएका छन्।

गाउँपालिकाको भुँइतलाको दुइवटै सटर पूर्णरूपमा पुरिएको छ। सरकारी नम्बरप्लेटको मोटरसाइकललाई पहिरोले क्षति पुर्‍याएको छ। अन्य क्षतिको विवरण भने आउन बाँकी नै छ। अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले थप क्षति पुर्‍याउनेतर्फ सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले आग्रह गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell