PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चट्याङ लागेर हेटौँडामा एक महिलाको मृत्यु, एक घाइते



पहिलोपोस्ट

चट्याङ लागेर हेटौँडामा एक महिलाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्विर

हेटौँडाः चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ। शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन्। चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा आगो लागेको स्थानीयवासीले जनाएका छन्।

२० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो। चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell