PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फीमात्र सञ्चालनमा



पहिलोपोस्ट

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फीमात्र सञ्चालनमा
फाइल फोटो

चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ। शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ। सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell