PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विप्लवका पोलिटब्यूरो सदस्य पदम राई ने क पामा प्रवेश



पहिलोपोस्ट

विप्लवका पोलिटब्यूरो सदस्य पदम राई ने क पामा प्रवेश

काठमाडौँः पार्टी नीति विपरीत बोलेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा प्रवेश गरेका छन्। राई विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य हुन्।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा राईलाई ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा ने क पाका महासचिव विष्णु पौडेल तथा गृहमन्त्री रामबहादुर थापा बादल लगायत उपस्थित थिए।

तत्कालीन माओवादीसँग आबद्ध राई ०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट निर्वाचित भएका थिए। तत्कालीन माओवादीबाट मोहन वैद्य ‘किरण’को समूह विभाजन हुँदा राई किरणको समूहतिर लागेका थिए। किरणसँग विप्लवले पार्टी विभाजन गर्दा उनी विप्लव समूहमा आबद्ध भएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell