PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

बजेटमा त्रृटि भएको भन्दै कांग्रेसको असन्तुष्टि, अर्थमन्त्रीले दिए स्पष्टीकरण 



पहिलोपोस्ट

बजेटमा त्रृटि भएको भन्दै कांग्रेसको असन्तुष्टि, अर्थमन्त्रीले दिए स्पष्टीकरण 

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यको अनुसूची एक मा ०७५/०७६ को संशोधित अनुमानको ब्यहोरा रहेको भन्दै सदनमा विषय प्रवेश गराएको छ। काँग्रेस सांसद मीनेन्द्र रिजालले सदनमा विषय प्रवेश गराएका हुन्। 

त्रृटिका विषयमा सदनमा अर्थमन्त्रीले जवाफ नदिएसम्म यसमा छलफल गर्नुको औचित्य नभएको रिजालले बताए। अर्थमन्त्रीले स्पष्टीकरण नदिएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने काँग्रेसको मागपछि अर्थमन्त्री डा. युवराज खतिवडाले लगत्तै त्रृटिको कारणबारे सदनमा जानकारी दिए। 

खतिवडाले भने ‘अनुसूची १ बारेमा मेरो ध्यानाकर्षण भएको छ। म धन्यवाद पनि दिन चाहन्छु। केही प्राविधिक कारणले विभाज्य कोषको रकम सङ्घीय सञ्चित कोषमा रहन गएको देखियो।’

अर्थमन्त्री खतिवडाले अघिल्लो आर्थिक ऐनले दिएको अधिकारभित्र रहेर आन्तरिक ऋण उठाइने पनि बताए। काँग्रेसले संसद्ले दिएको अधिकारभन्दा बाहिर रहेर आन्तरिक ऋण उठाउने योजना सरकारको बजेटमा देखिएको भन्दै विरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell