PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पिपुल्स् च्वाइस् अवार्ड : सन्दीप लामिछानेसहित पाँच खेलाडी मनोनयनमा



पहिलोपोस्ट

पिपुल्स् च्वाइस् अवार्ड : सन्दीप लामिछानेसहित पाँच खेलाडी मनोनयनमा

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स् च्वाइस् अवार्डको लागि आइतवार ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ।

वर्ष २०७५ प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै एनएसजेएफले विभिन्न ५ खेलका ५ खेलाडीको नाम उक्त अवार्डको लागि सार्वजनिक गरेको हो।

जसमा क्रिकेटर सन्दीप लामिछानेसहित वर्षभर चर्चा भएका ५ खेलाडी छन्। यस्तै फुटबलबाट सावित्रा भण्डारी, भलिबलबाट रेश्मा भण्डारी, ब्याड्मिन्टनबाट प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन छन्। सन्दीप लगातार दोस्रो पटक यस विधामा मनोनयनमा परेका हुन्। गत वर्ष ब्याडमिन्टनका श्यान्टु श्रेष्ठले पिपुल्स् च्वाइस्को अवार्ड जितेका थिए।

आगामी असार १७ गते आयोजना हुने १६औँ संस्कणको अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि आजैबाट भोटिङ प्रक्रिया सुरु भएको एनएसजेएफले जनाएको छ।

एसएमएस भोटिङ,फेसबुक लाइक, एनएसजेएफका सदस्यहरु र विभिन्न खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा विजेता घोषणा गरिनेछन्।

एसएमएस भोटिङको मतभार कूल मतको ५० प्रतिशत हुनेछ भने फेसबुक लाइकको २५ प्रतिशत (फेसबुकमा चार लाइकको एक मत हुनेछ) तथा एनएसजेएफका सदस्यहरु र विभिन्न खेल संघका मुख्य प्रशिक्षकको मिलाएर २५ प्रतिशत मतभार हुनेछ।

यस अवार्डको विजेताले एक थान बजाज पल्सर बाइक पाउनेछ।

पिपुल्स च्वाइस अवार्डमा भोट गर्न Pulsar स्पेस खेलाडीको भोटिङ कोड टाइप गरी ३७७२२ मा मेसेस पठाउनुपर्नेछ।

भोटिङ गर्न न्दीप लामिछानेको लागि SL, प्रिन्स दाहलको लागि PD, सावित्रा भण्डारीको लागि SB, रेश्मा भण्डारीको लागि RB र महेश्वर महर्जनका लागि MM रहेको छ।

यस्तै अवार्डको भोटिङ पार्टरको रुपमा रहेको टिएचटी लाइभसँग एनएसजेएफले सम्झौता नवीकरणसमेत गरेको छ।

असार १७ गते प्रज्ञा भवन,कमलादीमा आयोजना हुने अवार्डमा पिपुल्स च्वाइस अवार्डसहित कूल १० विधामा अवार्ड प्रदान गरिनेछ। जसमा ९ खेलकर्मी र एक पत्रकार रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell