PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

महिला बास्केटबल लिग : पुलिसको फराकिलो जित



पहिलोपोस्ट

महिला बास्केटबल लिग : पुलिसको फराकिलो जित

काठमाडौं : पहिलो खेलमा समृद्धि गोरिल्लाससंग पराजित भएको विभागीय टोली नेपाल पुलिस क्लबले क्वीक्स महिला बास्केटबल लिगमा आइतवार साइपाल एकेडेमी विरुद्ध फराकिलो जित हात पारेको छ।

टाइम्स इन्टरनेसनल कलेजमा आज बिहान भएको खेलमा पुलिसले साइपाल एकेडेमीलाई ७५–४५ को अन्तरमा पराजित गरेको हो।

पुलिसले चारवटै क्वाटरमा अग्रता बनाउँदै खेल जितेको हो। पुलिसले पहिलो क्वाटर १५-९, दोस्रो क्वाटर २२-१३, तेस्रो क्वाटर १८-१३, चौथो क्वाटर २२-१० ले आफ्नो पक्षमा पारेको थियो। 

पुलिसलाई लिगमा पहिलो जित दिलाउन १२ अंक स्कोर गरेकी समीक्षा न्यौपाने खेलको म्यान अफ दि म्याच घोषित भइन्।

प्ले फर डिप्राइभ्स चिल्ड्रेन पीडीसीएनको आयोजनामा भइरहेको महिला लिगमा चार टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell