PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

उपमेयर कप महिला फुटबल जेठ ३१ बाट, विजेताले ५ लाख पाउने



पहिलोपोस्ट

उपमेयर कप महिला फुटबल जेठ ३१ बाट, विजेताले ५ लाख पाउने

काठमाडौं : उपमेयर कप महिला फुटबल यही जेठ ३१ गतेबाट सुरु हुने भएको छ।

महिला फुटबललाई स्थानीय स्तरबाटै मजबुत बनाउने र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा) महिला समितिको आयोजनमा जेठ ३१ देखि असार १४ गतेसम्म उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता २०७६ हुन लागेको हो।

प्रतियोगिताको खेलहरु हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ।

प्रतियोगिता काठमाडौं महनागरपालिकासहित देशभरका १६ टिमको सहभागिता हुनेछ। खेलहरु लिगकम नकआउटको आधारमा हुनेछ। तयारी खर्च स्वरुप सहभागी टिमलाई नगद ५० हजार उपलब्ध  गराउने आयोजकले जनाएको छ।

यस्तै सहभागी टिमले बढीमा ५ जनासम्म राष्ट्रिय र विभागीय टिमका खेलाडी राख्न सकिने आयोजक महिला समितिको संयोजक पेमा लामाले जानकारी दिइन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख पाउने आयोजकले जनाएको छ। यस्तै उपविजेताले ३ लाख, फेयर प्ले अवार्ड पाउने टिमले ५० हजार पाउनेछन्।

यस्तै उत्कृष्ट खेलाडीलाई २५ हजार र विधागत उत्कृष्टलाई १०-१० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको अनुमाति खर्च २८ लाख ८१ हजार चार सय रहेको आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell