PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको पहिलो हार, प्रदेश ५ डिएल मेथडमा ३ विकेटले विजयी



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको पहिलो हार, प्रदेश ५ डिएल मेथडमा ३ विकेटले विजयी

काठमाडौं : साविक विजेता एपीएफले तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पहिलो हार बेहोरेको छ।

मुलपानी क्रिकेट मैदानमा आइतवार समूह ए अन्तर्गत भएको खेलमा एपीएफलाई प्रदेश नम्बर ५ ले डिएल मेथडमा ३ विकेटले पराजित गरेको हो।

यसअघि लगातार तीन खेल जितेको एपीएफ समूह को अन्तिम खेल हारेपनि सेमिफाइनल पुगिसकेको छ। पहिलो जित हात पारेको प्रदेश ५ ले भने ३ खेलबाट ३ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना काम राखेको छ।

समूह ए मा प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ। अब प्रदेश ३ ले सुदूरपश्चिम र प्रदेश ५ ले गण्डकी प्रदेशसँग खेल्न बाँकी छ।

दुवै खेल सोमवार हुनेछ। यदी प्रदेश ३ ले खेल जितेमा अर्को खेलको नतिजा जे भएपनि प्रदेश ३ सेमिफाइनल पुग्नेछन। प्रदेश ५ ले आफ्नो खेल जितेमा र प्रदेश ३ पराजित भएमा प्रदेश ५ सेमिफाइनल पुग्नेछ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले प्रदिप ऐरीको अर्धशतक मद्दतमा ४९.ओभरमा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो। प्रदिपले नटआउट ७७ रन बनाएपनि अन्य खेलाडीले गतिलो साथ नदिँदा एपीएफले धेरै रन बनाउन सकेन।

सन्दिप जोराले २२ रन योगदान गरे।

बलिङमा प्रदेश ५ का कप्तान कृष्ण कार्कीले ३ र सन्दिप सनारले २ विकेट लिए। कृष्णले ८.४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चे।

प्रदेश ५ ले १८५ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरिरँदा वर्षा भएपछि खेल केही बेर रोकिएको थियो। त्यसपछि प्रदेश ५ ले ३२ ओभरमा जितका लागि १४२ रनको नयाँ लक्ष्य पाएको थियो।

६.३ ओभरमा प्रदेश ५ ले २४ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि प्राप्त नयाँ लक्ष्य प्रदेश ५ ले २९.५ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो।

प्रदेश ५ लाई पहिलो जित दिलाउने क्रममा प्रनित थापा मगरले नटआउट ३० रन बनाए। यस्तै सुरज दारईले २९  र सुबेन्दु पाण्डेले २० रन योगदान गरे। एपीएफका लागि अमर सिंह राउटेलाले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell