PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको लगातार दोस्रो जित



पहिलोपोस्ट

महिला बास्केटबल लिग :  समृद्धि गोरिल्लाजको लगातार दोस्रो जित

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) को आयोजनामा शनिवारदेखि सुरु भएको क्वीक्स महिला बास्केटबल लिगमा समृद्धि गोरिल्लाजले लगातार दोस्रो जित हात पारेको छ।

लिग अन्तर्गत आइतवार टाइम्स कलेजको बास्केटबल कोर्टमा भएको खेलमा गोरिल्लाजले आइएसओ काइट्सलाई ६०-४३ ले पराजित गरेको हो। शनिवार भएको उद्घाटन खेलमा गोरिल्लाजले नेपाल पुलिसलाई पराजित गरेको थियो।

गोरिल्लाजले पहिलो क्वाटरमा १०-५ ले, दोस्रो क्वाटर १६-१० ले तेस्रो क्वाटर १७-१३ ले, चौथो क्वाटर १७-१५ ले आफ्नो पक्षमा पारेको थियो।

खेलमा १९ अंक स्कोर गरेकी गोरिल्लाजकी मुना महर्जन प्लेअर अफ दि म्याच घोषित भइन्।

लगातार दुई जितपछि ४ अंक जोडेको गोरिल्लाज अंक तालिकामा शीर्ष स्थानमा छ।

आजै भएको पहिलो खेलमा साइपाल एकेडेमीलाई पराजित गरेको नेपाल पुलिस एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell