PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

पहिलो पटक महिला बास्केटबल लिग आयोजना, विदेशी खेलाडी पनि, हेर्नुस् फोटोमा

पहिलो पटक महिला बास्केटबल लिग आयोजना, विदेशी खेलाडी पनि, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गत वर्षदेखि पुरुषको बास्केटबलको होम एण्ड अवे लिग आयोजना गर्दै नेपालको बास्केटबल इतिहासमा नयाँ प्रयोग गरेको प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) ले यस पटक महिला बास्केटबल लिग समेत आयोजना गरेको छ।

पुरुषको लिगलाई दोस्रो वर्ष निरन्तरता दिएको आयोजकले पहिलो पटक महिला बास्केटबल लिग हिजो देखि सुरु गरेको हो।

पहिलो सिजन चार टिम सहभागि छन्। लिगका सबै खेलहरु चारखालस्थित टाइम्स कलेजको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ। उद्घाटन खेलमा शनिवार समृद्धि गोरिल्लासले नेपाल पुलिसलाई हराउँदै विजयी सुरुवात गरेको थियो।

दोस्रो दिन पुलिसले साइपाल एकेडेमीलाई हराउदै पहिलो हारको पिडा भुलाएको छ। यस्तै राष्६रिय टिमकी कप्तान सदिना श्रेष्ठ समेत रहेको गोरिल्लासजले आज आइएसओ काइट्सलाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित हात पारेको छ।

नेपाली बास्केटबलको इतिहासमै पहिलो पटक महिला बास्केटबलको लिग सञ्चालन भएको हो।

यस्तै महिला बास्केटबल लिगमा पनि विदेशी खेलाडीहरुले सहभागिता जनाएको छन्। आइतवार गोरिल्लाज विरुद्धको खेलमा आइएसओ काइट्सबाट फिलिपिन्सका खेलाडी अलान डे लिम र मारी जोए गालिचियले खेलेका थिए। यस्तै भुटानकी यीवाङ पिन्दारिका पनि खेलेकी थिइन्।

आयोजकले एक टिमले ४ विदेशी खेलाडी राख्न पाउने र एकै पटक २ विदेशी खेलाडी खेलाउन पाउने जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell