PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मैत्रीपूर्ण फुटबल : नेपाल मलेसियासँग २-० ले पराजित



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबल : नेपाल मलेसियासँग २-० ले पराजित

काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलेमा नेपाल मलेसियासँग पराजित भएको छ। आइतवार मलेसियामा भएको खेलमा नेपाल २-० ले पराजित भएको हो।

बुकित जललिन नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई पहिलो हाफमा नेपालले गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा दुई गोल खाएको हो।

मोहमद सफावी रसिदले ५०औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै मलेसियालाई अग्रता दिलाएका थिए।

शाहरुल मोहद सादले ८१औँ मिनेटमा दोस्रो गोल गरेका थिए।

नेपालको लागि अभिषेक रिजालले यहि खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका छन्। उनी ६४औँ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। युवा स्ट्राइकर अभिषेकले राष्ट्रिय टिममा स्थान बनाएको पहिलो खेलमै खेल्ने मौका पाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell