PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मलेसियासँग हारपछि प्रशिक्षक कलिनको प्रतिक्रिया, नतिजाबाट स्तब्ध छु



पहिलोपोस्ट

मलेसियासँग हारपछि प्रशिक्षक कलिनको प्रतिक्रिया, नतिजाबाट स्तब्ध छु

काठमाडौं : आइतवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल मलेसियासंग २-० ले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा नेपालले पेनाल्टीसहित दुई गोल खायो।

आफूभन्दा वरीयतामा तल रहेको टिमसँग यस हारपछि नेपालका प्रशिक्षक योहान कलिनले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

'नेपालको यो नतिजाबाट म अचम्मित छु। खेलाडीले सुरुको दश मिनेट खेल्नै सकेनन्। हाम्रो लागि मैदान त्यति सजिलो थिएन।'

फिफा वरीयतामा नेपाल १६१औँ र मलेसिया १६८औँ स्थानमा छ। तर घरेलु मैदानमा नेपालभन्दा मलेसिया अब्बल देखियो।

यसैगरी प्रशिक्षक कलिनले पूर्वाधारमा पनि नेपाल मलेसियाभन्दा पछि रहेको प्रशिक्षक कलिनले बताए।

'पूर्वाधारको हिसावमा पनि मलेसिया धनी छ। हामीले उनीहरुको जति तयारि गर्न सकेनौँ।' कलिनले भने। अब अर्को खेलमा सुधार गर्दै राम्रो खेल्ने उनले बताए। नेपालले यही जुन ६ मा चाइनिज ताइपेईसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell